किन मनाइन्छ यो मह्रि पूर्णे

नेवारी समुदायमा मनाइने यो मह्रि पुन्य,किरातहरुको उभौली-उधौली र अन्य समुदायमा मनाइने मंसीरे पूर्णे आज देशैभर मनाइएको छ।रामेछाप,दोलखा,सिन्धुपाल्चोक लगायत जिल्लामा मंसीरे पूर्णिमालाई गोठपुजाको रुपमा मनाइन्छ।पहाडी मुलुकमा गोठ पुजाको रुपमा कुखुरा काटेर,खिर तथा रोटी पकाएर तितेपातीको धुप सल्काई गोठमा भएको देवतालाई खुशी पारी हर्षोल्लासकासाथ यो पर्व मनाइने गरिन्छ।

किरातहरुले उभौली उधौली पर्वको रुपमा यो चाड भनाइन्छ भने उपत्यकाका नेवार समुदायमा यो मह्रिको पून्यको रुपमा मनाइन्छ।पाटन निवासी शुभा बज्राचार्यका अनुसार कोसी(घ्याम्पा)मा यो मह्री लगायत परिकार पकाएर चार दिन सम्म राखेर पुजा गरिन्छ।आज पहिलो दिन हो।चौथो दिन परिवारका सबै जम्मा भइ खाने गरिन्छ।चाकुलाई कालो तिल र नरिवलको धुलो मिलाई पकाएर गुँद बनाइन्छ।त्यो गुँद सेलाएपछि डल्लो पारिन्छ र मैदाको पिठोले बेरेर तेलमा पकाएपछि मिष्ठान्न यो मह्रि तयार हुन्छ।

हुन त यो मह्रिको अर्थ नै पिठोमा पकाइएको मिठो परिकार हो।कसैकसैले भने यो मह्रि पून्यकै दिन दिवाली पनि गर्दछन्।
जे होस नेपाली संस्कृतिभित्र चाडपर्वको महिमा पहिचान गराउने यो मंसिरे पूर्णिमाको दिनलाई नेवारी पात्रो अनुसार सबैभन्दा छोटो दिनको रुपमा पनि मानिंदै आएको पाइन्छ।

newskiran.com

newskiran.com

You May Also Like