विश्वमा कान्छी प्रधानमन्त्री मरिन

विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री फिनल्याण्डको सोसल डेमोक्र्याटिक पार्टीकी नेतृ बनेकी छिन्।

प्रधानमन्त्री पदबाट राजीनामा दिएका अन्ति रिन्नेको पार्टीले मन्त्री समेत रहेकी मरिनलाई प्रधानमन्त्री बनाउने निर्णय गरेपछि उनी प्रधानमन्त्री निश्चित बन्ने भएकी हुन् ।

आफ्नो पार्टीकी उपाध्यक्ष मरिनले पार्टी अध्यक्षले बिरामी बिदा लिँदा गत बर्ष पार्टी चलाएकी बताइन्छ ।

सरकारका रहेका पाँच गठबन्धन पार्टीमध्ये फिनल्याण्ड सोसियल डेमोक्र्याटिक पार्टी (एसडीपी)ले प्रधानमन्त्री रिन्नेले पदबाट राजीनामा दिएपछि ३४ बर्षीया मरिनलाई सरकारको नेतृत्व गर्न दाउ मिलेको हो।

हाल विश्वमा कान्छा प्रधानमन्त्रीमध्ये युक्रेनका प्रधानमन्त्री ओलेक्सी होन्चरुक ३५ वर्षका छन् भने न्यूजील्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नको ३९ वर्षका रहेका छन् ।

सोसल डेमोक्र्याटिक संसदीय समूहमा उनले ३७ बर्षीय अन्ति लिन्डमानलाई तीन मतले पराजित गर्दै प्रधानमन्त्री बन्ने बाटो सुनिश्चित गरेकी छन् । लिन्डमानले २९ मत ल्याउँदा मरिनले ३२ मत ल्याएकी थिइन् ।

पार्टीभित्रको आइतबार भएको निर्वाचनको नतिजा राष्ट्रिय टेलिभिजनबाट प्रसारण गरिएको हो ।

हुलाक सेवामा भएको हडतालको विषयले नराम्रो रुप लिँदै गएपछि निवर्तमान प्रधानमन्त्री रिन्नेले भने विश्वासको मत गुमाएर राजिनामा दिएका छिन् । तिनलाई गठबन्धनमा रहेकै दलका सांसदहरूले सहयोग गरेका थिएनन्।

निवर्तमान प्रधानमन्त्रीलाई असहयोग गरेका दलका सांसदहरू पनि नयाँ गठबन्धनमा भने सँगै रहेर नयाँ सरकार बनाउने बारेमा छलफल गरेका छन् । मारिनको नेतृत्वमा बन्न लागेको गठबन्धन सरकारमा सबै दलको नेतृत्व महिलाहरूले गर्ने निर्णय भएको हो ।

गठबन्धनमा सोसल डेमोक्र्याट्स, सेन्टर, ग्रिन्स, लेफ्ट एलाईन्स र स्वेडिस पिपल्स पार्टी सामेल छन् । ती मध्ये सेन्टरले भने निवर्तमान प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको छ ।

गत अप्रिलमा गरिएको निर्वाचनमा सोसल डेमोक्र्याटिक पार्टी ठूलो दल बनेकोले त्यही दलबाट प्रधानमन्त्री नियुक्त हुने व्यवस्था अनुसार मरिन प्रधानमन्त्री बन्न आँटेकी छन् ।

प्रधानमन्त्रीका लागि निर्वाचित भएसँगै उनले छोटो वक्तव्य दिँदै सवै पार्टीहरुलाई एकजुट हुन आह्वान गरेकी थिइन् ।

फिनल्याण्डका राष्ट्रपति सौली निनिस्तोले मरिनलाई प्रधानमन्त्रीका रूपमा मङ्गलबार नियुक्त गर्ने स्थानीय सञ्चार माध्यमहरूले सोमबार समाचार सम्प्रेषण गरेका थिए।

निवर्तमान प्रधानमन्त्री रिन्ने नेतृत्वको सरकारमा मरिन गत जुनदेखि यातायात तथा सञ्चार मन्त्री भएपछि भने सन् २०१५ देखि उनले फिनल्याण्डको जनप्रतिनिधिका रुपमा संसदमा प्रतिनिधित्व गर्दै आएका थिए । उनले यसअघि पनि विभिन्न राजनीतिक जिम्मेवारीमा रहेर काम गरिसकेका छन्।

आमाले एक्लै हुर्काएकी मारिनले प्रशासन। शास्त्रमा स्नातकोत्तर गरेकी छन् भने विश्वविद्यालयमा पढ्न जानेमा उनी आफ्नो परिवारको पहिलो व्यक्ति पनि हुन् भन्ने खबर रासस सिन्हाले बताएको छ।

newskiran.com

newskiran.com

You May Also Like