बदाम बेचेर दैनिक दशहजार कमाई

बदाम बेच्ने ब्यापारीले दैनिक दशबाह्र हजार कमाउने गरेका छन्।कान्छी बदाम झुरुम झुरुम भनी कराएर बदाम बेच्नेहरुले यो जाडो महिनामा प्रशस्त आम्दानी गर्न थालेका छन्।सडक ब्यापार मौलाइरहेको उपत्यकामा अझ नेपाली भन्दा भारतीय मुलुकका कामदारले बढी कमाउने गर्छन्।

अघिल्लो वर्ष एक पाथी बदामको ८०-१५०पर्थ्यो भने यसपालि अलि महंगो भएको बताउँछन् कलबार भैया।मानाको पचासको दरले बदाम बेच्दा दैनिक दशबाह्र हजार कमाइने दाबा गर्छन् साना गाउँचोकका बदाम ब्यापारी।

नेपालमा पैसा सडकमा उडीरहेछ तर नेताहरु भिखारी बनेर विदेशसँग सहयोग माग्छन्।पढेलेखेका युवायुवती विदेश गएर श्रम गर्छन्।आफ्नो घरबार बिग्रिए पनि चिन्ता नमानी विदेश गएर पैसा कमाइ गर्ने श्रमिकलाई तस्बीरका बदाम पसले उदाहरण बन्न सक्छन्।पैसा नेपालमै छ टिप्न नसकेर विदेश भौतारिएका नेपालीहरुलाई आफ्नो माटोको माया लाग्न अझै सकेको छैन्।

सरकारले युवा स्वरोजगार कार्यक्रम ल्याएर देश विकास गर्नु अहिलेको अपरिहार्यता हो।

newskiran.com

newskiran.com

You May Also Like