फुटपाथ बजारबाटै मुनाफा

जाडो महिना बढेसँगै फुटपाथ बजारमा चहलपहल बढ्न थालेको छ। सडक ब्यापारीहरुको कमाई ह्वात्तै बढ्न थालेपछि सटरवाल जिल खाँदै छन्।लगनखेल बजार प्राय:शनिबार प्याक हुन्छ।सटरमा बस्नेको भन्दा फुटपाथ ब्यापारीको दैनिक मुनाफा बढी भएको एक कपडा ब्यापारीले बताए।जाडोमा ज्याकेट,हाइनिक र सरुवालको बिक्री ह्वात्त बढ्दै गइरहेको छ।

एकसय पचासमा किनेर ल्याएको कपडा दुईसय पचास र चारसयपचासमा ल्याएको कपडा पाँचसय देखि सातसय प्रतिवटा बेच्दा फुटपाथ ब्यापारीले दैनिक तिनचार हजार फाइदा भएको बताउँछन्।नुवाकोट घर बताउने साइलीले बताइन्-दुई तिन हजार दैनिक फाइदा हुन्छ तर नगरपालिकाले कतिखेर उठाउँछ भन्ने फिक्स नै हुन्न।स्थानीय क्लव र वडाले पनि रसिद काटेर हैरान पार्छन्।नगरपालिका र राजनीतिक पार्टीले नै धेरथोर दु:ख दिन्छ।सबैतिर तिरोतारो गर्दा पनि दैनिक एकदुई घन्टा खटेर चारपाँच जनाको परिवार सडक ब्यापारले पल्छ भन्छिन्-काभ्रेकी मसली दिदी।

दशैं,तिहार ,जात्रा र बिदामा ह्वात्त मुनाफा गर्ने लगनखेल बजार सदाबहार चल्छ।यो तस्बीर न्युजकिरणले शनिबार बेलुकी क्लीक गरेको हो।राति आठबजेसम्म भिडभाड चलेको बजार जाडो मौसमको कपडाले भरिएको थियो।

newskiran.com

newskiran.com

You May Also Like