शनिबार सडक बन्द हुने

शुक्रबार र शनिबार चक्रपथ सडक म्याराथनको लागि आवश्यक ठानेको सागखेलकुदले शनिबार बिहान ७: ०० बजेदेखि नै सडक बन्द गर्ने भएको छ।

म्याराथन दशरथ रङ्गशालाबाट शुरु भई टेकु, कालिमाटी, कलङ्की, बल्खु, सातदोबाटो, कोटेश्वर गठ्ठाघर, सल्लाघारी, सूर्यविनायक पुग्नेछ।

सूर्यबिनायकबाट फर्किएर सल्लाघारीबाट कोटेश्वर हुँदै नयाँबानेश्वर, माइतीघर, सिंहदरबार भद्रकाली वीरअस्पताल जानेछ।

त्यसैगरी जमल, लैनचौर, दरबारमार्ग, उत्तरढोका, नागपोखरी, दक्षिणढोका, घण्टाघर, भद्रकालीको बाटो भएर दशरथ रङ्गशालामा पुगेपछि खेल समापन हुने जानकारी गरिएको छ।

शुक्रबार आकस्मिक चक्रपथ सडक बन्द हुँदा सर्बसाधरण यात्री मारमा परेका थिए।

newskiran.com

newskiran.com

You May Also Like