महिलाले अब दमाहा ठोक्ने

पञ्चेबाजा तथा नौमती बाजाको रौनक बढाउन महिलाहरुले दमाहा ठोक्न थालेका छन्।लोकसांस्कृतिक महिला नौमती बाजा समूहकी अध्यक्ष कृष्णा भन्छिन्- महिलाहरु एकजुट भएर अगाडि बढ्न सकिन्छ। उनले थपिन्,‘देशमा कला र सीप सिकेर गरिखान सकिन्छ, दुःख पाउन विदेश जानुपर्दैन ।” आफूहरुले ऋणमा सुरु गरेको नौमती समूह सशक्त बन्दै गएर देशको संस्कृतिको जगेर्ना राखेको छ ।

नौमती समूहलाई विदेशबाट पनि सांस्कृतिक कार्यक्रमको निम्तो आउँछ कृष्णा भन्छिन्। निकट भविष्यमा देशबाहिर सांस्कृतिक कार्यक्रममा सहभागी समेत हामी हुँदैछौं। बाजा समूहकी कोषाध्यक्ष अम्बिका परियारले नेपालमा आफ्नै सीप कलाले गरिखान सकिने बताउँछिन् । वैदेशिक रोजगारभन्दा देशभित्रै रोजगारको अवसर खोज्न महिलाहरुलाई आग्रह गर्दै भन्छिन्, ‘विदेशमा शोषित पीडित हुनुपरेको सुन्दा दुःख लाग्छ।’

नौमती बाजा समूहका गुरु ध्रुव नेपालीले महिलाहरुले बाजा किनेर, सिकेर त्यसलाई सदुपयोग गरेकोमा खुशी बनेको र कम साधन र स्रोतमा पनि महिला नौमती बाजा समूहले ठूलो उपलब्धि हासिल गरिरहेछ।

लोक सांस्कृतिक महिला नौमती बाजा समूहले बाजा बजाएर कला प्रदर्शन गर्ने समुहमा रहेका उनीहरुले ढलके, दमाहा, नरसिंहा, सहनाई, ट्यांको र झुरमा बजाउँदै भविष्यमा साधन-स्रोत बढाउँदै लैजाने बताइरहेका छन्।

नौमती बाजा समूहमा कृष्णा क्षेत्री अध्यक्ष, पुनम भुसाल सचिव, अम्बिका परियार कोषाध्यक्ष, सदस्यहरु विष्णु परियार, नम्रता भुसाल, सरीता परियार, राधिका परियार, रीता नेपाली, मीना परियार र गुरु ध्रुव नेपाली रहेका छन् भने नेपाली कला र संस्कृतिमा दमाहा ठोक्ने लक्ष्यबाट अघि बढिने सोच रहनेछ।

newskiran.com

newskiran.com

You May Also Like