शुक्रबार र शनिबार चक्रपथ बन्द

शुक्रबार र शनिबार कोटेश्वर कलंकी सडक बन्द हुने भएको छ।
महाशाखाले आज एक सूचना जारी गरी आगामी शुक्रबार कलङ्कीबाट कोटेश्वरसम्म र २१ गते शनिबार कलङ्कीबाट सूर्यविनायकसम्मको सडकखण्डमा सर्भिस लेन प्रयोग गरिदिन सडक प्रयोगकर्तालाई भनेको छ।

मेन सडक बन्द भएपनि दायाँ बायाँको लेनमा भने सवारी साधान चलाउन मिल्नेछ। साग खेलकुदमा यी दुई दिन सो सडक खण्डमा साइक्लिङ हुने भएकाले बन्द गरिएको हो। महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले कलङ्कीदेखि कोटेश्वरसम्मको सडकमा सर्भिस लेन प्रयोग गर्न र कोटेश्वरबाट गठ्ठाघर, सल्लाघारी हुँदै जगातीतर्फ जाने सडक प्रयोगकर्ताले जडीबुटी, पुरानोथिमी, व्यासी, कमलविनायक, च्यामासिंह हुँदै जगातीको सडक प्रयोग गर्न आग्रह गरेका छन् ।

उनले अत्यावश्यकबाहेक अन्य सवारी सडकमा नचलाई ट्राफिक व्यवस्थापनमा सहयोग गर्न आग्रह पनि गरेका हुन् ।

newskiran.com

newskiran.com

You May Also Like