जताततै सीमाबारे छलफल भइरहँदा काठमाडौँको रत्नपार्कमा विद्यार्थी र मजदुरहरुले कालापानी नेपालको भनेर आन्दोलन जगाए।क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष ईश्वर तिमल्सिना र विद्यार्थी नेताहरु उपस्थित जुलुस सभालाई साहित्यकार भैरव रिसालले सम्बोधन गरे।सिपी गजुरेल,रामश्रीस लगायत नेताहरु सभामा उपस्थित थिए भने अनिस र अमित योञ्जनले सांगीतिक प्रस्तुति दिए।
सीमा बहसकै चर्चा सर्वत्र फैलिरहँदा प्याब्सन ललितपुरले आइतबार सुरु गरेको एसईई प्री प्राक्टिस् एक्ज्याम अंग्रेजी विषयको प्रश्न आठमा नालापानी लिपुलेक र लिम्पियाधुरा सम्बन्धी प्रश्न सोधेको थियो।
सीमा विवादका कुरा सरकार सदन र सडकबाट आउनु स्वभाविक होइन्।दाजुभाई बीच छुट्टिंदा सीमा वा साँध विषयको कुरा उठ्यो भने छिमेकीले मिलाउँछन्।के नेपालको भूमि मिच्ने देशकै दाजुभाई हुन त।नत्र किन छिमेकीले सीमा विवादबारे बोलीरहेका छैनन् त।यस्ता प्रश्न उब्जीरहन्छन्।नापी विभाग,सीमाविद,परराष्ट्र बिभागले यसबारे तत्काल चासो राख्न जरुरी छ।