पेट्रोल र डिजेलको मूल्य वृद्धि

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मुल्य वृद्धि गर्यो।सोमबार राति १२ बजेदेखि लागू हुनेगरी निगमबाट पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि भएको हो।

आयल निगमले एक विज्ञप्ति जारी गर्दै ईण्डियन आयल कर्पोरेसनबाट १ डिसेम्बर २०१९ मा प्राप्त नयाँ खरिद मूल्यमा केही बढेर आएकाले मूल्य वृद्धि गर्नु परेको भनेको छ।

निगमका अनुसार हवाई इन्धन र एलपी ग्याँसको मूल्यमा परिवर्तन नगरेको हो ।मूल्यवृद्धिसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १०९ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ तोकिएको निगम श्रोत बताउँछ।

newskiran.com

newskiran.com

You May Also Like