सडक निर्माणमा सुस्तता

महालक्ष्मी नगरपालिका अन्तर्गतको सानागाउँचोकमा सडक निर्माण कार्यमा सुस्तता आएको थियो।अब सडक निर्माणमा तीब्रता छाएपछि जनतामा खुशी छाएको छ।अघिल्लो हप्ता सडकमा परेका घर टहरालाई उचित क्षतिपूर्ति दिने सहमति गर्दै सडक विभागले केन्द्रीय बजेट मार्फत क्षतिपूर्ति रकम निकासा गरिदिने गरि घर मालिकहरुलाई सम्झाएपछि सडक निर्मार्णमा सहजता छाएको हो।

यो तस्बीर सानागाउँचोकको हो।यसभन्दा भन्दा माथिल्लो आउनेचोक स्कुलचोक हो ।स्कुलचोक देखि फर्सिडोलतर्फको सडक निर्माण पनि यसै वर्ष हुने भएको छ।केन्द्रीय बजेट तिन करोड निकासा भएपछि बाटो बढाएर पिच गरिने एक स्थानीयले बताए।

महालक्ष्मीनगरपालिकामा सडक पिचसँगै यातायातको सुविधा बढेको -स्थानीय सिद्धिपुरका चन्द्र श्रेष्टले न्युजकिरणलाई जानकारी दिए।उनले थपे सडक विकाससँगै जग्गाको भाउचाहिँ ह्वात्तै बढेको छ।यो वर्ष डनबक्सो नजिकै खोलामा पुल बनिरहेछ ,अब सडक पनि बढाइँदै छ।पुल यातायातमा सहजता हुनेर सहरीकरण छिर्ने आशा लुभुबासीको पनि छ।

newskiran.com

newskiran.com

You May Also Like