नेकपा क्रान्तिकारी माओवादीको प्रमुख मोर्चा देजमोले देशैभर सिमा विवाद सम्बन्धी विषयमा ज्ञापन पत्र तयार गरी केही जिल्लाहरुमा सिडिओसमक्ष बुझाएका छन्।न्युजकिरण अनलाइनलाई उपलब्ध जानकारी अनुसार मंगलबार काठमाडौंमा खगेन्द्र छन्त्याल,भक्तपुरमा भरत बुर्जा र ललितपुरमा गोविन्द पौडेल(क्षितिज)को नेतृत्वमा बुझाइएको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारीले बुझेका छन्।
ज्ञापनपत्रमा ३७२ किलो मिटर भूमि नेपालको मिचिएको भनिएको छ।रामेछाप,नुवाकोट,देलखा,धादिड्·र सिन्धुली लगायत जिल्लामा पनि ज्ञापनपत्र बुझाइएको खबर पार्टी प्रकाशन मुलबाटो अनलाइनमा प्रकाशित छ।आगामी मंसीर १४ मा हुन लागेको उपचुनावलाई बहिष्कार गरेको देजमोले अघिल्लो पटक चुनाव उपयोग गरेको थियो।चुनावलाई कहिले उपयोग र कहिले बहिष्कार गर्दै आएको देजमोले यसपाली सशक्त बहिष्कार अभियान नीति लिएको छ।