एल ए स्कुलमा इष्टु कमिटि गठन

ललितपुरको चर्चित स्कुल एलए हातीवनमा इष्टुले नयाँ कार्यसमितिको निर्माण गरेको छ । शनिबार पुरानो कमिटिलाई विस्नथापित गर्दै भेलाले नयाँ कमिटि गठन गरेको हो । कमिटिमा निर्वाचित इकाइ समितिलाई कार्यकाल सफलताको हार्दिक शुभकामना तथा बधाई इष्टुका संगठन विभाग प्रमुख देवीदत्त पौडेलले दिएका थिए । पौडेलका अनुसार करीब ३ सय बढी शिक्षक शिक्षिका कार्यरत एलएमा इकाइमा नवीकरण गरिएको सदस्य सङ्ख्या २४९ जनामात्र रहेको छ । सामान्य भेला गरेर इकाई कमिटिको निर्माण गरिएको थियो।जसमा विशेष आतिथ्यता देवीदत्त पौडेल,पुरुषोत्तम खनाल प्रदेश समिति सदस्य र कृष्णचन्द्र दवाडी जिल्ला कोषाध्यक्षको रहेको थियो ।


नवनिर्वाचित इकाइ समितिमा क्रमशः
अध्यक्ष : इन्दु शर्मा
उपाध्यक्ष : अजित घिमिरे
महिला उपाध्यक्ष : पूर्णिमा तामाङ
सचिव : दिनेश श्रेष्ठ
कोषाध्यक्ष : विजेश प्रधान
सहसचिव : शुक्र तामाङ
सदस्यहरू : शैलेश राई,
प्रविणा भट्ट, गोपाल कुँवर,
सुन्दर बलामी, रोहिणी आचार्य,
युवराज श्रेष्ठ, गोमा मिश्र, विजय विक लगायत छन् ।