वागमती ढलनदी बन्दै

बढ्दो शहरीकरणसँगै उब्जिएका ढल र नलको पानीले यतिखेर वागमती नदी नदी नभएर ढलनदी बनेको छ।नदी सरसफाईका नारा जति घन्किए पनि नदी ढल बन्न छाडेको छैन्।वागमती सरसफाई आयोजना बनेको छ छैन् धैरैलाई यो जिज्ञासाको विषय बन्न सक्छ।न्युजकिरण डटकमले स्थलगत निरिक्षण गर्दा पाएको सर्बसाधरणको गुनासो भने ज्यादा छ।

पशुपति पछि गुहेश्वरी मन्दिर छ त्यसैको आसपासमा वागमती सरसफाई तथा निर्माण कार्यका लागि एक सरकारी अफिस छ।त्यसले नदी सरसफाई भन्दानी नदी आसपासका भित्ता रड्· लगाउने गरेको देखिन्छ।यो दृश्य सहिद कृष्णसेन ईच्छुक भवन आसपासको हो।यहाँ नदी फोहोर भएनी नदीका भित्ताहरु रंग्याइएको देख्न सकिन्छ।

बर्खामा अलि संग्लो देखिने ढल हिंउँदमा लेदोढलमय देखिंदा हैजा टाइफाइड,जन्डिस र भाइरल ज्वरो यहाँ बस्ने स्थानीयहरुको रोग बन्ने गरेको छ।डिल्ली बजारमा तरकारी बेच्ने एक महिलाले भनिन्-वागमतीमा मात्र ढल नबग्ने हो भने मेरो नाकबाट पानी बग्न छाड्ने थियो।

सेतो पुल नजिकै रहेको एक होटल साहुनीको पनि वागमती फोहोरकै कारण उपत्यकामा विभिन्न रोग भित्रिएको बुझाई छ।
वागमती सरसफाई अफिसले कतिको सफाई गरेको छ भन्ने कुरा यहाँ देखिएको चित्रबाट बुझिन्छ।बेलैमा सम्बन्धित निकायको ध्यान पुगेर वागमती नदीको भित्ता सफा भन्दानी पानी सफा गर्नु अहिलेको आवश्यकता ठहर्छ।

newskiran.com

newskiran.com

You May Also Like