क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य पक्राउ

दाड· बबई गाउपालिकाको ईलाका प्रहरी कार्यालय खिलकपुरले नेकपा क्रान्तिकारी माओवादीका दुई केन्द्रीय सदस्यसहित ६ जना नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ
प्रहरीले शुक्रबार दाङको हापुरेमा हुने जनसभाको प्रचारका लागि हिंडेका क्रान्तिकारीका नेता कार्यकर्तालाई प्रचारमा प्रयोग भएको गाडीसहित पंचकुलेबाट पक्राउ गरेको छ ।

प्रहरी नियन्त्रणमा पर्नेहरुमा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य समिर, देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सचिवालय सदस्य हिरामणी दुःखी, वाई बी शाही, रामजी थारु, माधव खनाल र एक गाडि चालक रहेका छन्।

उनीहरुलाई बिहिबार इलाका प्रहरी कार्यालय खिलकपुरमा राखिएको खबर सार मुलबाटो डटकमबाट न्युजकिरण अनलाइनले लिएको हो। शान्तिपूर्ण सभाको प्रचारमा हिंडेका नेता कार्यकर्तालाई नियन्त्रणमा लिएको भन्दै पार्टीले भने आपति प्रकट गरको छ।

newskiran.com

newskiran.com

You May Also Like