द्वितीय विश्वयुद्धपछि भारतले उपयोग गरिरहेको नेपाली जमिन बारा पर्सा फिर्ता भएपनि अहिले सुस्ता कालापानी लिपुलेक लगायत भूभाग विवाद भएर राजनीतिक मुद्धा बनिरहेको प्रसंगमा नेकपा कान्त्रिकारी माओवादीले भने बुधबार बिरोधस्वरुप रत्नपार्कमा र्याली निकाल्यो।र्यालीमा हस्त बहादुर केसी,दिनेशर्मा,पवनमान श्रेष्ट,सुरेश श्रेष्ट,अर्जुनलाल श्रेष्ट,भरत बुर्जा र युवाका अध्यक्ष अमिर महर्जनलाई साथमा लिएर नेतृत्व सिपी गजुरेलले गरेका थिए।
वृहत शान्ति सम्झौता भएर देश लोकतान्त्रिक गणतन्त्रमय बनिरहँदा माओवादी जनयुद्धका चर्चित नेता सिपी गजुरेलले
भारतले भूमि मिचेको छ भन्दै बिरोध र्याली निकाले।
गजुरेल अहिले नेकपा क्रान्तिकारी माओवादी(वैद्य)अन्तर्गत देशभक्त जनगणतान्त्रिक मोर्चाको अध्यक्ष बनेर सडक क्रान्ति गरिरहेका हुन्।
अघिल्लो चुनावमा भाग लिएको देजमोले अहिले मंसीरमा हुने उपनिर्बाचनमा भाग नलिई बहिष्कार तथा विरो नीति लिएको एक केन्द्रीय सदस्यले न्युजकिरणलाई जानकारी दिए।