तात्काली युवा संघका अध्यक्ष महेश बस्नेतले भ्रष्टचारीलाई छानी छानी जेल कोचिने भनेका छन्। लोकतान्त्रिक मुलुक नेपालमा संविधान तथा कानुन भन्दा माथि कोही नरहेको उल्लेख गर्दै उनले कानुन तथा प्रहरी प्रशासनलाई साथमा लिएर देशमा भएका भ्रष्टाचार, अनियमितता, हिंसा, विभिन्न प्रकारका अपराधलाई न्युनिकरण गरिन्छ।
युवा संघले गाउँ वस्तीमा अभियान चलाउनु अनिवार्य आवश्यकता भएको भन्दै बस्नेतले कानुनलाई हातमा लिएर हैन साथमा लिएर पार्टी सरकारको गर्नुपर्छ।युवा संघले सकारात्मक प्रतिकारात्मक रुपमा अघि बढ्नु अहिलेको आवश्यकता रहेको बताउँदै बगेको नदीलाई बाँध लगाई सहि बाटोमा लगे जस्तै देशका सबै युवालाई बाँध बना अघि बढ्नु पर्नेमा संघले विशेष भूमिका खेल्नु पर्छ।
आफ्नो पार्टीले गर्ने क्रान्तिको नेतृत्वमा सहायक शक्तिको रुपमा युवा रहेको उल्लेख गर्दै पूर्वउद्योगमन्त्री समेत रहेका सांसद बस्नेतले अध्यनशीलता, क्रियाशिलता, लगनशिलता हुनु अपरिहार्य रहेको छ भने । संगठनमा ठाडो र तेर्सो नीतिलाई अवलम्बन गर्नु अनिवार्य रहेको बताउँदै उनले जस्तोसुकै चुनौतिको सामना संघले गर्ने स्पष्ट पारे ।
संगठनमा उमेर हदलाई कडाईको साथ लागु गर्नुपर्नेमा जोड दिँदै बस्नेतले युवा संघमा अराजक गतिविधि गर्नेलाई कसैको अनुहार नहेरी कारवाही गरिने र युवा उत्पादनमा लाग्दै राज्यलाई कर तिर्ने र देशको अर्थतन्त्रलाई फेर्ने बाटोमा युवा संघका भावि योजनाहरु हुनुपर्नेमा जोड दिए। उनले सूचना प्रविधिको सहि रुपले प्रयोग गरी समाजको रुपान्तरण गर्दै समाजवादमा पुग्ने आधार तयार पार्नुपर्ने भनेका छन्।
युवासंघमा नेता तथा कार्यकर्तामा काम, व्यवहार र आचरणबाट नै नेतृत्वको छनौट हुने उल्लेख गर्दै उनले नेता कार्यकर्तामा रहेको चुनौतिलाई अवसरको रुपमा परिणत गर्नुपर्ने बताए । शत्रुको अनुहार हेर्नुपर्यो भने दाजुभाईको अनुहार हेर्नु भन्ने भनाइ रहेको उल्लेख गर्दै बस्नेतले‘संगठनका नेता तथा कार्यकर्ताले आन्तरिक क्षमताको विकास गरेर नेतृत्व सम्हाल्न तयार हुनुपर्ने बताए।