नेकपा क्रान्तिकारी माओवादी सुदुर पश्चिम प्रदेशको ऐतिहासिक प्रथम सम्मेलन धनगढीको चौराह होटल पिसमा सम्पन्न भएको छ ।सम्मेलनले सेक्रेटरीमा क. चिन्तक रहेको समिति पच्चीस सदस्य सुदुरपश्चिम प्रदेश कमिटी चयन गरेको छ ।सम्मेलनले समिति सदस्यहरुमा क.बिक्रान्त,क. लाल किरण,क. शितल,क. शितल, क.धरातल,क.ज्वाला,क. प्रतिभा,क. प्रतिथा ,क.रमेश,क.कैलाश,क. किशोर,क.सौरभ,क. जयलाल ,क.ज्वाला, क.पवन,क. सुरविर ,लगायत रहेका छन् ।
नेकपा क्रान्तिकारी माओवादी सुदुरपश्चिम प्रदेश सम्मेलन बाट राजनैतिक कार्यदिशा सहित भव्य रुपमा सम्मेलन सम्पन्न भएको छ । सम्मेलन सुदुरपश्चिम प्रदेश सेक्रेटरी अनुकूलको अध्यक्षता भएको थियो । सम्मेलनमा प्रमुख अतिथि नेकपा क्रान्तिकारी माओवादी स्थायी कमेटी सदस्य राम श्रीस अतिथि नेकपा क्रान्तिकारी माओवादी केन्द्रीय सदस्य हरि सुवेदी अतिथि नेकपा क्रान्तिकारी माओवादी केन्द्रीय सदस्य लाल किरण कार्यक्रमको सञ्चालन नेकपा क्रान्तिकारी माओवादी कैलाली इन्चार्ज डायण्डले गर्नु भएको थियो ।