उपत्यकाका अधिकांश सडकमा कारले ट्राफिक नियम मिच्दै गरेको बुझिएको छ।यो दृश्य हो काठमाडौं नयाँ बानेश्वरको।यहाँ सबारी साधन रोक्न निषेध गरिएको संकेत बोर्डकै तल कार टक्क प्रमाण तस्बीर देखिन्छ।
सडकमा जथाभावी सवारी पार्किड्· गर्नेलाई चिट काट्ने र लक गर्ने ट्राफिक नियम यो कारलाई भने चिन्दैन्।मानौं यो कार कुनै हाकिमको हो।कारधनी ठुलाबडा हो।
ट्राफिकले पचास भन्दा माथिका स्पीडमा चल्ने बाइक समातेर चक्रपथमा कार्बाही गरिन्छ तर कारलाई कार्बाही किन हुन्न भन्ने गुनासो बाइक चालकहरुको छ।
अव्यवस्थित पार्किड्·ले उपत्यकामा ट्राफिक जाम प्राय:हुने गरेको धेरैको गुनासो सुन्न पाइन्छ।यसमा सम्बन्धित पक्षको ध्यान जाओस्।जथाभावी किन कार रोक्ने?एक ट्याक्सी चालकले न्युजकिरणलाई भने।