स्नेहाले रातो कुकुर समाउँदै

स्नेहा केयरले रातो कुकुर अपरेशन अभियान बढाएको छ।आइतबार ललितपुरको हात्तीवन देखि बाँडेगाउँसम्मका कुकुरहरु समातेर गाडीमा लोड गरेको थियो।सडक गल्लीका कुकुरहरुले मानिसलाई टोकेर हैरान पारेको हल्ला केही समय अघि त्यस एरियामा आएपछि स्नेहाले कुकुरलाई जाल हानेर समाएको हो।
करीब ५०-६० कुकुर समाएर भ्याक्सिन गर्ने तथा रेबिजको सुई लाएर पुन:सोही यरियामा छोडिने स्नेहाका सदस्यले बताए।उनले थपे-हामी छाडा कुकुर समाएर सुई तथा अपरेशनपछि स्थानान्तर गरिने न्युजकिरण टिमलाई बताए।
तिहारताका बाइक चढेकी एक महिलालाई रातो कुकुरले हात्तीवनमा टोकेपछि स्नेहा केयरले रातो कुकुर देख्नासाथ समातेर गाडीमा लोड गर्न थालेको हो।अफिसमा लगेर अपरेशन पछि मात्र सम्बन्धित एरियाले आफ्नो टोलको कुकुर पाउनेछन्।केयरले आफ्नो टिमलाई कुकुर समाउन टोलबासीलाई अनुरोध समेत गरेको छ।

newskiran.com

newskiran.com

You May Also Like