ललितपुरको पाटन गावाहालमा एक युवती मृत अवस्थामा फेला

ललितपुरको पाटन गावाहालमा एक युवती आफ्नो डेरामा मृत अवस्थामा भेटिएकी छिन् ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका १६ गाबाहाल डेरा गरी बस्ने सिरहा सिरहा नगरपालिका १३ घर भएकी ३५ वर्षीया संगिता देवी यादव आइतबार मृत अवस्थामा भेटिएकी
हुन । त्यसैगरी,काभ्रे बनेपा नगरपालिका ८ प्राधिकरण चोक नजिकै तला पोखरीमा रोशी गाउँपालिका ५ सिसाखानी बस्ने ३४ वर्षीय धर्म सिंह तामाङ पनि सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
घटनाहरुका सम्बन्धमा प्रहरीले अनुसन्धान प्रारम्भ गरेको जनाइएको छ ।