संकटा देवीको दर्शन गर्नाले संकट मोचन हुन्छ भन्ने सोचमा शनिबार भक्तजनहरुको भीड लाग्ने गर्छ।साँढेसाती दशा हुनेहरुले कालो कपडा,फलाम,मास चढाएर पुजा गर्छन्।धार्मिक दृष्टिले यो एक प्रसिद्ध मन्दिर हो ।
काठमाडौं नयाँ सडक स्थित नेपाल वायुसेवा निगमको कार्यालयको पछाडिको गल्ली नजिकै टेबहालमा संकटा मन्दिर पहिलो तल्लामा छ। तल्लो तल्लामा करुणामई मन्दिर पनि रहेको छ । यस मन्दिरमा विशेष गरी शनिवार भक्तजनहरुको ठूलो भिड हुने गर्दछ ।मन्दिर आसपास प्रशस्त दशाग्रह हेर्ने ब्राह्मण ज्योतिष र पन्डितहरु बस्दछन्।