मन्त्रिपरिषदको सोमबार बसेको बैठ्कद्वारा सात प्रदेशको प्रमुखको नाम सिफारिस गरिएको छ ।
बैठ्कबाट सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १ को प्रमुखमा सिफारिस गरेको छ । प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाई,४ गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदुरपश्चिम प्रदेशमा शर्मिला त्रिपाठीको नाम सिफारिस गरेकाे मन्त्री परिषदका एक सदस्यले बताएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्ति गरेका सातवटै प्रदेश प्रमुखलाई पदमुक्त गरेकी थिइन्।
उक्त निर्णयप्रति पदमुक्तमा परेका पूर्वप्रमुखहरुले भने असन्तुष्ट जनाइरहेका छन्। पूर्व सूचना नदिइ, कुनै अभियोगबिना एक्कासी प्रमुखलाई हटाउँदा गलत नजिर बस्नेमा चिन्ता समेत व्यक्त गरेका छन् । पूर्वाग्रही कदमले संघीयतालाई नै कमजोर बनाउने उनीहरुको तर्क छ ।