नेपाल सरकारले नेवारीहरुको किजा पुजा अर्थात भाईपुजाका दिन १३ गते सार्बजनिक बिदा दिएसँगै उनीहरुले १३ गते भाई टीका गरे भने १२ गते भाई टीका सबै समुदायले गरेका हुन्।किजा पुजाको अर्थ भाई पुजा हो।
सरकारी क्यालेन्डरमा १३ गते भाई टीका थियो।अधिकांश नेवार समुदायले भने १२ गते नै भाई टीका लगाएका थिए। केही वर्ष अघि पनि नेवार समुदायले भाई टीकाको भोलिपल्ट टीका लगाएको बताउँछन् पाटनका राम शाक्य।उनले थपे-हामीले नेवारहरुको क्यालेन्डर अनुसार भाई पुजा गरेका हौं।
काठमाडौं,ललितपुर र भक्तपुरका प्राय: नेवार समुदायले नेपाल सम्वत,म्ह पुजा र किजा पुजा क्रमश:तिथि अनुसार गर्ने गर्छन्।यसपालि नेवारी क्यालेन्डरमा किजा पुजा १३ गते परेकाले सोही दिन टीका लगाउने गुठीको नियमलाई सो समुदायले पछ्याएका हुन्।
०६८ सालको जनगणना अनुसार उपत्यकामा झन्डै १५ लाख जनसंख्या नेवारी समुदायको रहेको दावा गरिएपनि सबैमा एक रुपता नहुँदा बाहिरको मान्छेले यहाँका स्थानीय माथि शासन चलाइरहेको बताउछन् स्थानीय पवनमान श्रेष्ट ।कतिले १२ गते लगाए कतिले तेह्र गते यही हो नेवारी समुदायमा एकरुपता नभएको उनी भन्छन्।
नेपाल सम्वतलाई राष्ट्रिय सम्वत बनाएर उपत्यकाका पहिचानवासी नेवार समुदायको मर्म भावना बुझेझैँ गरेपनि आफ्नो क्यालेन्डर अनुसारको टीका प्रथा नचलाएको भक्तपुरका सिताराम सुलुले गुनासो गरे।जे होस् धर्म कर्म र चाडवाडका विषयमा सरकारले आफ्नो ठोस नीति नल्याउँदा कतै देश धार्मिक र सांस्कृतिक द्वन्द्वमा त फस्ने होइन भन्ने जनगुनासो यत्रतत्र फैलिन थालेको छ।