बलत्कारको आरोपमा गजुरेल पक्राउ

भर्खरै उन्नाइस वर्षमा प्रवेश गरेकी एक युवतीलाई कोठामा लगी बलत्कार गरेको आरोपमा प्रहरीले ज्ञानेन्द्र गजुरेललाई पक्राउ गरेको छ। नुवाकोट ओखरपौवा घर भएका गजुरेलले लगनखेलबाट उठाएर साथीको कोठामा लगेका थिए।

राजनीतिमा बलत्कार प्रोपोगान्डा मच्चिरहेको बेला यो घट्ना नेपाली काँग्रेस नुवाकोटका आमन्त्रित जिल्ला सदस्यसँग सम्बन्धित रहेको बताइएको छ । नेपाली काँग्रेस नुवाकोटका सभापति जनदीश्वरनरसिंह केसीले गत मंसिरमा आमन्त्रित सदस्यमा ती गजुरेल सहित ८७ जनालाई मनोनयन गरेका थिए ।

जावलाखेल प्रहरीका एसपी टेक राईले भने- गजुरेल नयाँ बसपार्कबाट कात्तिक ३ गते नै जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका छन् ।

प्रहरीका अनुसार गजुरेलले लगनखेलस्थित साथीको कोठामा ती युवतीलाई लगेर जबर्जस्ती करणी गरेको आरोप छ।
बलत्कारको मुद्ध दर्तामा आएपछि गजुरेललाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको बताइएको छ।

newskiran.com

newskiran.com

You May Also Like