तिहारको चौथो दिन गोरुपुजा गरिंदै

एतिहारको तेश्रो दिन गाई पुजा र चौथो दिन गोरु पुजा गरिन्छ।बाँझो धर्तीलाई जोतेर उर्वर बनाउने गोरु पुजा अर्थात गोवर्द्धन पुजा सोमबार देशैभर मनाइदै छ।
सोमबार (आज) गाई र गोरुको पूजाआजा गरी मीठो खानेकुरा दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो ।गाईको पुजा गर्दा वैतरणी तरिने जनविश्वास रहेको छ।

गाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने विश्वास गरिन्छ । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता पनि मानिन्छ। स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि पुष्टि गर्छ।

नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाईपूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए।

पौराणिक कथन अनुसार साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन आज गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने भन्ने छ । वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा–मीठा खानेकुरा खान दिने प्रचलन छ ।

आत्म (म्हः) पूजा दुई दिन

नेवार समुदायले गर्दै आएको आत्म (म्हः) पूजा आज गर्नुपर्ने पञ्चाङ्ग निर्णायक समितिले निर्णय गरे पनि उपत्यकाका नेवार समुदायका भने आत्मपूजा आज र भोलि दुई दिन कहिले मनाउने भन्नेमा अन्योल रहेको एक गुठी सदस्यले बताएका छन् । सरकारले भने किजा पुजा भनेर १३ गते सार्बजनिक बिदासमेत दिएको छ। पहाडी समुदायमा तिथि अनुसार नै गर्ने भनेपनि उपत्यकामा भने आज या भोलि गर्नेमा अन्योल भएको हो।

newskiran.com

newskiran.com

You May Also Like