नेपाल-चीन उडान सुचारु

छिमेकी मुलुक भारतसँग सिधा उडान भर्ने नेपालले चीनसँग भने भर्खरै उडान सुचारु गरेको छ।६५ जना यात्रु बाकेर आइतबार बिहान पहिलो उडान एच ९६६५ बेइजिङ उड्यो,’ हिमालयको प्रशासनतर्फका उपाध्यक्ष विजय श्रेष्ठले भने, ‘नेपालबाट चीनको बेइजिङका लागि हामीले थालेको उडान पहिलो हो ।’

उनका अनुसार, आइतबार बिहान गएको जहाज राति पौने १० बजे काठमाडौं फर्किने तालिका छ । यस एयरलाइन्सले सातामा तीन दिन आइतबार, मंगलबार र शुक्रबार उडान गर्ने तालिका छ । यो रुटमा एकतर्फी न्यूनतम भाडा दर २४ हजार रुपैयाँ पर्छ ।

‘हिमालयअघि नेपाल वायुसेवा निगमले चीनको सांघाई र ल्हासामा उडान गरेको थियो तर नेपाली ध्वजाबहाकबाट सिधा दुई मुलुकका राजधानी जोड्ने उडान भएको थिएन्।
नेपाल वायुसेवा निगममा तिस वर्ष सेवा गरेका राजुबहादुर केसीले भने-जहाजले ल्हासामा ०४६ अघि केही महिना र सांघाईमा १२ वर्ष उडान गरिसकेको छ।

काठमाडौंबाट जापानको ओशाका उड्ने निगमको बोइङले सांघाई मात्र ‘टचडाउन’ गरेको थियो भने ०५१ कात्तिकदेखि ०६३ चैतसम्म ओशाका उडान गर्दा सांघाईमा अवतरण गरी इन्धन भर्नु पर्थ्यो भन्ने खबर आइतबारको कान्तिपुर दैनिकबाट न्युज किरणले साभार गरेको हो।

newskiran.com

newskiran.com

You May Also Like