कुकुर तिहारकै दिन नमुना भेटको जर्मनी सेफर्डले एक महिलालाई टोकेर सख्त घाइते बनाएको छ।ललितपुरको हात्तीवन स्थित कर्मनासा पुलमा श्रीमानले चलाएको स्कुटीमा सवार माया ठकुरीलाई एक्कासी झम्टेर टोकेको हो
नमुना भेटका मालिक टेक बहादुर थापाले घाइते महिलालाई रेबिज सुई तथा टिटानसको सुई हाल्ने खर्च आफुले व्यहोर्ने गरी मायाका श्रीमान केशवसँग मौखिक सहमति गरेका छन्।
कार्तिक महिना कुकुरपर्व अनि राष्ट्रले पुज्ने कुकुर तिहारकै दिन सेफर्डले भने मान्छे टोकेको हो।जर्मनी क्रस कुकुरले सेफर्डलाई टेक बहादुरले आइतबार पुजा गरेर एक छिन छाडा छोडेको बुझिएको छ।
मासु पसले केशवले बिहान आठबजे न्युजकिरण अनलाइनलाई कुकुरले आफ्नो श्रीमती टोकेर भागेको बताएपछि पत्रिका टिम र केशवले करीब ३घन्टा लगाएर सेफर्डका सहित उसको मालिक थापालाई फेला पारेका थिए।
नगर सहर र बस्तीहरुमा छोडिएका छाडा भुस्याहा कुकुरले मान्छे टोकेर हैरान पार्ने हात्तीवन एरियामा यसपालि भने जर्मन सेफर्डले नै बाइकको पछाडि बसेर यात्रा गरिरहेकी मायालाई बुइ चढेरै टोकेको एक प्रत्यक्ष दर्शीले बताए।
रेबिज लागेका हुन कि होइनन् भनेर छुट्याउन गाह्रो पर्ने घरपालुवा कुकुर हुन वा भुस्याहा कुकुर त्यसलाई स्थानीय स्तरबाटै नियन्तर्ण गर्नु आवश्यक रहेकोमा सम्बन्धित निकायको ध्यान पुग्न जरुरी छ