कोपिलामै भब्य नृत्य र गीत प्रतिस्पर्धा


सिद्धपुर स्थित कोपिला इड्·लिस् बोर्डिड्·ले भव्य तरिकाले गायन र नृत्य प्रतियोगिता गरेको छ।शुक्रबार स्कुल प्राड्·गणमा भएको प्रतियोगितामा नेवारी नृत्यले प्रथम स्थान पाएको छ।

गायन प्रतिस्पर्धामा स्नेहा महर्जनले अर्को जुनी बोलको गीत गाउँदै प्रथम स्थान सहित पुरस्कार पाएकी थिइन्। गायन निर्णायक मन्डलमा लोकगायक विष्णु आले र पुजाठकुरी थिए।१३समूहले प्रतिस्पर्धा गरेकामा प्रथम स्थान अर्को जुनीबाट स्नेहा महर्जनले प्राप्त गरेसँगै द्वितीय स्थानमा फुलको आँखामा फुलै संसार गीतबाट स्वराज महर्जनले पुरस्कार हात पारे।सुमित गमालले गाएको आमा गीतले तृतीय पुरस्कार पायो।

सान्त्वना स्थान भने क्रमश: आँगन बोलको गीत मार्फत सोफिन महर्जन,उडायो हावाले गीतबाट अभिषेक नेपाली,कसरी भनूँ म गीतबाट निमा लामा र राम साइँली बोलको गीत गाउँदै इसान सुनुवारले पुरस्कार सहित प्राप्त गरे।

गायन तथा नृत्यमा प्रथम,द्वितीय,तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने प्रतिस्पर्धीहरुलाई स्कुलका प्रिन्सिपल रत्न महर्जनले खाममा नगद राखिएको रकम पुरस्कार वितरण गरेका थिए।

बिहान १०:३०मा सुरु भएको कार्यक्रममा प्रिन्सिपल,अभिभावक,शिक्षक-शिक्षिका ,स्वयमसेवक विद्यार्थी,आया,सेक्युरिटी गार्ड लगायतले साँझ छ बजेसम्म आ-आफ्नो भूमिका बहन गरी कार्यक्रम भब्य र सभ्य पार्न सफल योगदान पुर्याएका थिए।

पढेर भन्दा परेर जानिन्छ भन्ने उखान चरितार्थ बनाउन फुडस्टल राखेर विद्यार्थीहरुले पढाइलाई ब्यापारसँग जोडेका थिए।अभिभावकहरु आफ्ना नानीबाबुहरुले पकाएका स्टल चाख्नमा तल्लीन थिए ।

newskiran.com

newskiran.com

You May Also Like