अखिल आदिवासी जनजातिले देउसी भैलो खेल्ने

आदिवासी जनजाति महासंघले यसपालि तिहारमा देउसी भैलो राखेको जनाएको छ।ओमगुरुड्·अध्यक्ष रहेको महासंघले देउसी कार्यक्रम नेपालीको मौलिक संस्कार रहेको बताएका छन्।महासंघले देउसी भैलो खेल्न सबैलाई आग्रह पनि गरेको छ।

 

दशवर्षे जनयुद्धमा चाडपर्व लगायत संस्कृति र संस्कार उत्सब भन्दा क्रान्तिकारी विचारलाई जोड दिइन्थ्यो तर अहिले सबै पहिचानवादी समूहहरुले रमाई रमाई चाड मान्न थालेको पाइन्छ।

हुन त समाजमा घुलमेल नभइ सामाजिक नबनिने र सामाजिक नबनिकन जनताको विश्वास पाउन प्राय:सबै राजनीतिक दलका नेता कार्यकर्ताहरुलाई गाह्रो पर्ने हुन्छ।जनताले भोट नदिंदा कति विद्रोह गर्ने भन्ने नेताको पनि मानसिकता बन्न सक्छ।त्यसैले जनचाहना अनुसार साँस्कृतिक अन्तर्घुलनको लागि महासंघले देउसी भैलो राखेको बताएको छ।

newskiran.com

newskiran.com

You May Also Like