नेपाल कम्युनिष्ट पाटी(नेकपा)ले कार्तिक ८ गते ललितपुरको जावलाखेलमा बृहत चियापान कार्यक्रम गर्ने भएको छ।ललितपुर नगर अध्यक्ष मञ्जली शाक्यका अनुसार वामदेव गौतम चियापानमा प्रमुख अतिथि रहनेछन्।
कार्यक्रम दिउँसो एकबजे जावलाखेल मैदानमा हुनेछ भने जिल्ला तथा नगरका पार्टी सम्वद्ध नेता तथा कार्यकर्ताहरुलाई उपस्थित हुन समेत आग्रह गरिएको छ।
केन्द्रिय समितिले भृकुटी मन्डपमा चियापान कार्यक्रम राखेपछि उपत्यकाको यो दोश्रो कार्यक्रम भएको बुझिएको छ।बडादशैं,दिपावली,नेपाल संवत ११४० तथा छठ पर्व समेतको शुभकामना आदानप्रदान गर्न चियापान राखिएको पार्टी स्रोतबाट न्युजकिरण डटकमलाई जानकारी प्राप्त भएको छ।