काठमाडौं उपत्यकामा सादा हँसियाले धान काट्छन् अनि काटेकै दिन झाँट्छन भन्दा कतिलाई पत्यारै लाग्दैन्।पहाड र तराईमा धान काटेर निहिन राख्छन् अनि दुई दिन सुकाएर खलोमा चुट्छन् ।कसैकसैले दाई पनि गर्छन्।धान भने कचिया हँसियाले काट्छन्।
तस्बीरमा देखाइएको दृश्यमा पनि सादा हँसियाले धान काटेर निहिन नराखी थुपारिएको छ।यो तस्बीर महालक्ष्मी नगर पालिका अन्तर्गत सिद्धिपुर गाउँमा न्युजकिरण डटकमले क्लिक गरेको हो ।