विजय पोखरेलले गरे विद्रोह

रामेछापका साहित्यकार विजय पोखरेलले विद्रोह उपन्यास प्रकाशन गरेका छन् । धार्मिक अन्धविश्वास, रुढिवादी; तथा पितृसत्तात्मक प्रवृतिद्वारा ग्रसित सामन्तवादी तथा पुँजीवादी समाज र त्यसमा नारी तथा उत्पिडित वर्गको अबस्था के कस्तो छ भन्ने कुराको चित्रण उपन्यासमा गरिएको छसत्य र यर्थाथप्रति निष्ठावान साहित्यकारले जीवनका कुरुपता र वीभत्सता तथा घृणास्पद पक्षको प्रस्तुतिमा केन्द्रित भई आफ्नो जीवन दृष्टि समेत प्रकट गर्दछन् भने यस उपन्यासमा विजय पोखरेलले शुवोध रुपा लगायतका पात्रका माध्यमबाट समाज तथा जीवनका वीभत्स र कुरुप पक्षको चित्रण गरेका छन।पञ्चायतकाल र त्यसपछिको संसदीय कालको पृष्ठभूमिको संकेतसंगै त्यसपछीको अवश्था र त्यसले नेपाली समाजमा निर्माण गरेको दयनीय एवम् दुखद स्थितिको अङकन उपन्यासमा गरिएको छ ।अर्धसामन्ती र अर्थ औपनिवेशिक नवऔपनीवेशिक नेपाली समाज व्यावस्थाका विकृतिहरुलाई विशेष रुपमा देखाईएको छ।उपन्यासमा नेपाली समाजमा विकसित विकृति र कुत्सिततालाई देखाई तिनको उन्मूलनका निम्ति आवाज उठाईएको छ ।मानिसहरुको शोषणमा आधारित रहेको सामाजिक व्यवस्थाका विरुद्ध भएका जनआन्दोलन र सङ्घर्षसंगै मानिसलाई ऐतिहासिक र सामाजिक भुमिकामा स्थापित गर्ने प्रयत्न भएको छ ।मानवीय संवेदना र आकाङक्षाको सजीव चित्रण गरिएको छ भने मानवीय मूल्य स्थापनाको लागि संघर्ष गरेको देखाईएको छ।उपन्यासमा साम्राज्यवाद सामन्तवाद र पुँजीवादीद्वारा ग्रसित एवम् शोषित उत्पीडित जनता र तिनको सङ्घर्षलाई प्रच्छन्न रुपमा प्रस्तुत गरिएको छ ।उपन्यासमा निर्णायक यूद्ध संगै गोलमेच सम्मेलनको अपेक्षा र तराई आन्दोलनमा भएको कुरा गरिएको छ भने सम्झौतामूखि संविधान लेखन र घोषणा भारतीय शासकहरुद्वारा गरिएको नाकाबन्दी विदेशी हस्तक्षेप राष्ट्रिय स्वाधीनता माथि आक्रमण जस्ता परिघटनाले नेपाल राष्ट्र जर्जर वन्दै गएको यर्थाथ देखाईएको छ। यस उपन्यासले मूक्ति र परिवर्तनका लागि निरन्तर संघर्षको उत्प्रेरणा दिने काम गरेको छ ।

 

 

newskiran.com

newskiran.com

You May Also Like