वैद्यको सचिवले मह काढ्ने

नेकपा क्रान्तिकारी माओवादी (वैद्य)का विद्यार्थी सचिव तिर्थ राईले अब चाँडै मह काढिने बताएका छन्।
३वर्ष अघि हरिसिद्धिमा २ घार माहुरी खेलाउने राईले अहिले झरुवारासी टासिन्चोकमा ३;५०घार मौरी पालेर बसेका छन्।उनले यही २०,२२ गते मह काढिन्छ,त्यसैले सबैजना मह खान आउन आग्रह गरिएको न्युजकिरण अनलाइनलाई बताए।

खोटाड्· दिप्रुड्·-२ पिपलडाँडामा जन्मेका राईले १२ लाख लगानी गरिसकिएकोले मौरीपालन गर्न आफुलाई खुब जाँगर चलिरहेको बताए।पार्टीलाई कार्यकर्ता बनेर धेरै सहयोग गरियो तर पार्टीले घर परिवार त चल्दैन्।खानै पर्यो छोराछोरी पढाउनै पर्यो त्यसैले केही व्यवसाय गरौं लाग्यो र मौरीपालक कृषक बनियो।

हल्यान्डबाट आएका मौरी विशेषज्ञ डा.मार्कोभानले नेपालमा असम्भव प्रविधिबाट हेभी मेटल र पारो परिक्षण गरी गुणस्तरीय मौरीको मह नेपालको भनीदिए।गुणस्तरीय क्वालिटिको भनेपछि तिर्थ दंग छन्। एक श्रीमती र छोरीकासाथ उनी करी २०-३० हजारको मासिक खर्च मह बेचेरै धान्छन्।उनलाई यो पेसामा लाग्न गोदावरी रहेको मौरी विकासले सिकायो।

सनराज एपी कल्चरले त अझ पोहोरसाल मह प्रशोधनै नगरी बेच्न सहयोग समेत गर्यो।उनी भन्छन् अब सबै नेता कार्यकर्ताले आ-आफ्ने बन्धव्यवसाय गरेर जीउने समय आएको छ।नेताहरुको पछि लाग्ने भनेको केहि काम नहुने र मन्त्री हुने सपना देख्नेहरुले मात्र हो।

newskiran.com

newskiran.com

You May Also Like