प्रचन्ड र सी को भयो गोप्य भेट

पूर्व प्रधान मन्त्री तथा नेकपा माओवादीका अध्यक्ष प्रचन्ड बिच सोल्टी होटेलमा गोप्य भेटवार्ता भएको छ।सी बसेको सोल्टी होटेलमा नेकपाका सचिवालयका ७ जनासँग केही समय सामूहिक भेटपछि सीलाई प्रचण्डले एक्लै भेट गरेको उनी निकट एक सचिवालय सदस्यले बताए ।

‘प्रचण्ड र राष्ट्रपति सी बीच भेट भएको थियो, उनीहरु आपसी समझदारीका विषयमा छलफल गर्दै थिए, ती सदस्यले भने। दुईदिने राजकीय भेटका क्रममा राष्ट्रपति सी शनिबार काठमाडौं आएपछि सीसँग प्रचण्डको यो चौथो भेट भएको हो।

सन् २०१३ मा राष्ट्रपति भएका सीले तत्कालीन एकीकृत माओवादीका अध्यक्ष रहेका प्रचण्डलाई एक्लै बेइजिङ निम्त्याएर भेटवार्ता गरे । प्रचण्डको दोस्रो पटक प्रधानमन्त्री भएपछि बेइजिङमा र ब्रिक्स–बिमस्टेक आउटरिचमा सहभागी हुने क्रममा भारतको गोवामा पनि सीसँग भेट भयो।

करीब एक महिना अघि राष्ट्रपति सी भ्रमणको तयारीकै क्रममा नेपाल आएका चीनका विदेशमन्त्री वाङ यीसँग पनि प्रचण्डले एक्लै भेटवार्ता गरेका थिए। वाङसँग अमेरिकाले अगाडि बढाएको ‘इण्डो प्यासेफिक रणनीतिलाई ‘कथित’ भन्दै ‘नेपालले अस्वीकार गर्ने’ बताएको कुरा बाहिर आएपछि प्रचण्ड विवादमा समेत परे।

यो पछिल्लो भेटलाई भने अर्थपूर्ण रुपमा हेरिएको विभिन्न राजनीतिक विश्लेषकहरुले बताएका छन्।

newskiran.com

newskiran.com

You May Also Like