दिपाको अभिनय छ माया छपक्कै

असही जागिर चट भएपछि फिल्म क्षेत्रमा छिरेका दिपक र अविवाहिता दिपाश्रीले छ माया छपक्कै फिलिम खेलेका छन्।केही समय अघि छक्का पञ्जाको अपार सफलता देखेर निर्माता पक्षले उनीहरुलाई नै हिरो हिरोइनको रोलमा खेलाएको हो।

सत्य प्रेम कथामा आधारित चलचित्र छ माया छपक्कै असोज २४ बाट देशभरका हलहरुमा प्रदर्शनमा ल्याइएको दिपाश्रीले जानकारी दिइन्।एउटा छुट्टै कथा छ दर्शकलाई मन पर्छ उनले भनिन् एक पटक नहेरी कहाँ थाहा हुन्छ र ?

दीपेन्द्र लामा निर्देशित ‘छ माया छपक्कै’मा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, बुद्धि तामाङलगायतको भूमिका हेर्न सकिन्छ। राजनीतिक द्वन्द्वको समयमा पलाएको प्रेम र राजनीतिले प्रेममा पार्ने प्रभावको विषयमा बनेको फिल्म ‘छक्का पञ्जा’ भन्दा फरक शैलीमा छ माया छपक्कै रहेको निर्माण पक्षले बताएको छ।

सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटालगायतका कलाकारको पनि यसमा अभिनय रहेको छ।

रोहित अधिकारी निर्माता, केदारप्रसाद घिमिरे र जितु नेपाल कार्यकारी निर्माता रहेको फिल्मको कथा निर्देशक लामाले नै लेखेका हुन्।

दीपकराज गिरीको पटकथा रहेको यस फिल्ममा दीपकराज गिरी, केदारप्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यु निरवीले मिलेर संवाद तयार पारेका हुन्।

newskiran.com

newskiran.com

You May Also Like