प्रचन्डले पत्रकार गुहारे

पूर्व प्रधानमन्त्री प्रचन्डले सामाजिक संजालमा बेस्सरी आफ्नो आलोचना आएकाले आफ्नो पक्षमा लेखिदिन पत्रकारहरुलाई गुहारेका छन्।शनिवार एक कार्यक्रममा बोल्दै प्रचन्डले थपे- आफू
राम्रो काम गर्दा गर्दै आलोचना आएपछि प्रतिकार गर्नै नसकिने आलोचना आएपछि के गर्ने कसो गर्ने हुँदोरहेछ।

नेकपाका अध्यक्ष समेत रहेका उनले नेतृत्वले आलोचना खेप्नु त स्वभाविक हो तर कहिले काँही विना गल्ती गाली खानुपरेको प्रचण्डले गुनासो पोखे ।

‘यसो फेसबुक हेरौं भन्यो हेर्नै नसकिने हुन्छ, आफैंमाथि खनिएको हुन्छ’ उनले भने, ‘मनमा कुरा त ठीकै लेख्यो भन्ने भए त आनन्द हुन्छ तर, हुँदै नभएको विषयमा पनिआलोचना हुन्छ ।’

प्रचन्डले भारतीय विदेशमन्त्री एज जयशंकर आउँदाको घटना सुनाए ।

‘हामी भेट्नेमै थियौं तर पूर्वप्रधानमन्त्री हुनुको नाताले मैले या त हामी कहाँ आउँदा हुन्छ, या जहाँ बसेको त्यो भन्दा अर्को होटलमा सजिलो हुन्छ भनियो । मिलाउन नसकेपछि भेट भएन’ प्रचण्डले भने, ‘खुसुक्क बालुवाटारमा भेट्यो भनेर आयो । मैले भेटेकै होइन । भन्न खोज्यो, कोही सुन्नेवाला हुँदैन् ।’

नेताहरुको पिर मर्काबारे पनि सोचिदिने हो कि भनेर पत्रकारसंग न्याय माग्नुपर्ने ठाउँमा छौं ।’

यस्ता थुप्रै घ*टना रहेको भन्दै उनले भने, ‘जोसँग नेता-नेतृत्वको साइनो सम्बन्ध नै छैन तर त्यही हो, त्यही हो भनेर आएपछि त्यसको प्रति*वाद कसरी गर्ने ?’ मिडियाले नै सत्य बाहिर ल्याउन सक्ने तर नेताहरु आफैं फिल्डमा उत्रिएर पार नलाग्ने प्रचण्डले बताए ।

newskiran.com

newskiran.com

You May Also Like