प्राविधिक तथा व्यावसायिक शिक्षा तालिम परिषद (सिटिईभिटी)का विद्यालयहरु साउन -४ गते हडताल

३ साउन २०८० काठमाडौं । नेकपा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अन्तर्गतको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले साउन ४ गते देशैभरिका प्राविधिक तथा व्यावसायिक शिक्षा तालीम परिषद (सिटिईभिटी) अन्तर्गतका विद्यालयहरु आम हडताल (बन्द) को घोषणा गरेको छ ।

शैक्षिक सत्र २०८०/८१ मा लागू हुने गरि पिसिएल नर्सिङ, एचए, र डिप्लोमा इअन फार्मेसीमा गरेको शुल्क वृद्धि तत्काल खारेज गर्नको लागि संघर्षको कार्यक्रम अन्तर्गत सम्पूर्ण शैक्षिक संस्थाहरुमा हडतालको घोषणा गरिएको राम तिरुवाद्वारा जारी एक अपिल पत्रमा लेखिएको छ ।