प्रेमीको विषयलाई लिएर कोशी किनारमा युवतीहरुको कुटाकुट

१ साउन २०८० काठमाडौं । प्रेमीको विषयलाई लिएर सुनसरी बराहक्षेत्रको कोशी किनारमा पाँच जना युवतीले अर्को समूहका युवतीमाथि कुटपिट गरेका छन्।

दुई दिनअघि (साउन २९ गते) बराहक्षेत्र वडा नं. ८ को कोशी किनार राजावास चिहान डाडामा घुम्दै गएका युवतीमध्ये दुई समूहबीच भनाभन भएको र त्यसपछि कुटाकुट भएको घटना यतिबेला रोचक बनेर सार्वजनिक भएको छ।

घटनाक्रम अनुसार कोशी किनारमा स्थानीय २१ वर्षे मनिषा राई, १७ वर्षे सन्ध्या परियार र सोही उमेर समूहकी नवीना विश्वकर्माको एउटा समूह तथा १८ वर्षे प्रिती लिम्बुसहितका पाँच जनाको अर्को समूहको जम्काभेट हुन पुगेको थियो। सामान्य चिनजानका यी दुई समूहमध्ये तीन जनाको समूहले पाँच जनाको समूहलाई आफ्ना प्रेमीसँग बोलेको बात लगाएपछि भनाभन सुरु भएर कुटपिट भएको खुलेको छ। पाँच जनाको समूहले तीन जनामाथि उफ्रि उफ्री कुटपिट गरेको यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको हो।

पाँच जनाको समूहले तीन जनाको समूहमाथि फिल्मी शैलीमा कुटपिट गरेको भिडियोहरु सार्वजनिक भएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा पाँच जनाको समूहले शुरुवातमा दुई जना युवती र पछि अर्को जनालाई पालैपालो कुटपिट गरेको देखिएको छ।

घटनापछि यतिबेला प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पीडित तीनै जनाले आइतबार मात्र प्रहरीको सम्पर्कमा आएर पाँच जनाविरुद्ध उजुरी दिएपछि एक जना पक्राउ गरेको र अरु फरार रहेकाले खोजी भइरहेको छ। प्रहरीले बराहक्षेत्र वडा नं. १० की १९ वर्षे प्रिती लिम्बुलाई पक्राउ गरेको छ। प्रितीलाई सोमबार अभद्र व्यवहारमा मुद्दा दर्ता गरि अनुसन्धानका लागि पाँच दिनको म्याद थपिएको छ।

घटनामा संलग्न भएको आरोपमा १९ वर्षे सविता राई, सोही उमेरकी निहाङ् राई, १८ वर्षे दुर्गा राई र २२ वर्षे वविता उराव फरार भएकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी राजकुमार राईले बताए। उनका अनुसार पीडित तीनै जनाले आफूहरुको बेइज्जत गरेको भनी उजुरी दिएका छन्। ‘घटना प्रेमीसँग बोलेको एउटा समूहले अर्को समूहलाई बात लगाएपछि भनाभनबाट भएर कुटपीट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक राजेश दत्तले भने, ‘घटनाको पूर्ण अनुसन्धानपछि सवै यर्थात खुल्नेछ।’ घटनामा कुटपिटबाट शरीरमा कुनै चोटपटक भने नदेखिएको दत्तले बताए।यो समाचार नागरिक न्युजमा प्रकाशित छ ।