महरा कसरी फसेत?

अमेरिकाले इण्डो प्यासिफिक रणनीतिमा नेपालको समर्थन खोजेको अर्थमा समेत ालोचना गर्दै आएका थिए । यो हिसाबले अमेरिका र सरकारभित्रकै एउटा पक्षले यो सम्झौतालाई संसदबाट पारित गराउन चाहन्थ्यो । संसदबाट पारित गराउन सकेको खण्डमा यसले सन्धी या सम्झौताको हैसियत पाउन सक्थ्यो र सरकार परिवर्तन भएको अवस्थामा समेत यो सरकारकालाई बाध्यकारी बन्थ्यो ।

श्रोतका अनुसार, सभामुख महरा भने यो सहयोग सम्झौतालाई सदनमार्फत वैधानिकता दिन पक्षमा थिएनन् । उनले सरकारले के गर्छ, त्यो सरकारको विषय भएपनि सदनमा भने यो विषय प्रवेश गर्न नदिने अडान लिएका थिए । श्रोतका अनुसार, नेकपाभित्रकै कतिपय शीर्ष नेता, सरकारका केही व्यक्ति र नेपाली कांग्रेसका केही सांसदहरुले सभामुखलाई सदनबाट यो पारित गराउन ठूलै दबाब दिएका थिए । तर सभामुखले यो कुरा स्वीकार नगरेपछि उनलाई जसरी पनि हटाउने षडयन्त्र शुरु भएको थियो ।

सभामुखले उक्त विषयलाई कार्यसूचिमा नै समावेश नगरेपछि गत आइतबार एक समारोहबीच नेपालको तर्फबाट अर्थमन्त्री युवराज खतिवडा र अमेरिकाको तर्फबाट एमएमसीका उपाध्यक्ष एन्थोनी वेलसरले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

नेपालभित्र र नेपालबाहिर पनि महराको छवि चीन समर्थक कट्टर नेताको रुपमा चिनिन्छ । भारतीय शक्ति केन्द्र र रअ लगायतका खुफिया एजेन्सीहरुले महरालाई चीनको एजेन्ट समेतको आरोप लगाउँदै आएका छन् । यो अवस्थामा महराले बिआरआईका पक्षमा आन्तरिकरुपमा भूमिका खेलेको र इण्डो प्यासिफिकमा अमेरिकी स्वार्थ र भारतका विरुद्ध सदनमा भूमिका निर्वाह गरेको बुझाई उनीहरुको भएको श्रोतको दावी छ । सेप्टेम्बर २०१७ मा चीन भ्रमणको बेला उनले बिआरआईका पक्षमा दरो अडान लिएर नेपालको नीति परिवर्तन नहुने बताएपछि चीनियाँ मिडियाले उनको उच्च प्रशंसा समेत गरेका थिए भन्ने खबर एभरेष्ट दैनिकमा प्रकाशित छ।

newskiran.com

newskiran.com

You May Also Like