काठमाडौं इष्टुले बुझायो ज्ञापनपत्र

२९ असार २०८० काठमाडौं । काठमाडौं महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालालाई इस्टु काठमाडौंले ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझाउन इष्टु काठमाडौंका अध्यक्ष भूपाल उप्रेती , कृष्णप्रसाद गौतम र स्वर्णलता गुरुङ उपस्थित थिए । काठमाडौंका मेयर बालेन शाहले निजी स्कुलमा कार्यरत शिक्षक शिक्षिकाहरुलाई पनि सरकारी तलब दिन सामाजिक संजालमा आफ्नो भनाई राखेका थिए । यससँगै एकातिर लकडाउनको मारबाट आफ्नो जागिर गएका साथै सरकारको नयाँ पाठ्यक्रम कार्यान्वयन गराउन हौसिएका शिक्षक शिक्षिकाहरुलाई केही राहत मिल्ने आशा पलाएको छ भने अर्को तिर बरु स्कुल बन्द गर्ने तर शिक्षक शिक्षिकाहरुलाई नियुक्ति पत्र ड्रेस ,आइडी कार्ड लगायत सरकारी सेवा सुविधा दिन नसक्ने प्याब्सन र एनप्याब्सन सम्बद्ध सदस्यहरुबाटै आवाज उठन थालेका छन् ।