ज्ञानेन्द्रको देशप्रति चिन्ता

पूर्वराजा ज्ञानेन्द्रशाहले नेपाल र नेपाली सर्व साधारणप्रति चिन्ता र चासो व्यक्त गरेका छन्। प्रतिकार, प्रतिवाद, दमन र नियन्त्रणको कार्यविधिभन्दा सम्याउने, सूल्झाउने, सच्याउने र आफ्नै ‘राष्ट्रिय आदर्श’ बमोजिम समझदारीका साथ अघि बढ्ने अटूट प्रयत्न सबैको हुनुपर्नेमा सुझाएका छन् ।

‘नेपाल हाम्रो हो, हामी नेपाली हौँ र नेपालको आफ्नो मौलिकपन नै हाम्रो अस्तित्व हो भन्ने कुरा हामीले बुझ्नै पर्ने हुन्छ।’
शाहको सन्देशमा भनिएको छ, ‘राष्ट्रका यावत् विधि विधान, व्यवस्था र बन्दोबस्त सर्व हितकारी हुनुपर्दछ अनि बन्नु पर्दछ । पुर्खाको गाथा, पौरख र सूसंस्कृत सभ्यतालाई भुलेर जान खोज्दा कदापि कसैको भलो गर्दैन् ।’ दोष थोपर्ने, जिम्मेवारी वहन नगर्ने र आ–आफ्नो कमि कमजोरीलाई ढाकछोप गरि, निषेध र विभेदको प्रकृया अपनाउने प्रवृत्ति कुनै पनि अर्थमा राम्रो हुँदैन्।
‘हाम्रो उद्देश्य हाम्रो देश, हाम्रो पुरै देशको उन्नति बाहेक अरु केहि हुँदैन । यो देश आफै उत्पीडन र आतंकको नभई बुद्धि र भाइचाराको स्मारक बन्नुपर्दछ,’ उनले भनेका छन् ।

दसैँको अवसरमा देश भित्र र बाहिर बसेका नेपालीहरुमा सुख, शान्ति र सम्वृद्धिको शुभकामना व्यक्त गर्दै नवदुर्गा भवानीले हाम्रा सबै आसूरी र स्वार्थी व्यवहारको विनाश गरी हामीलाई हाम्रो “सनातनिक सत्य पथतर्फ” अभिप्रेरित गरुन् भनेर कामना गरेका खबर विभिन्न अनलाइन मिडियाहरुमा प्रकाशित छन् ।

newskiran.com

newskiran.com

You May Also Like