वैद्यले गरे प्रधानमन्त्रीको भाषणप्रति आपति

काठमाण्डौं असोज १३ ,नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले भारतले विश्वलाई बुद्ध दिएको भन्ने भारतका प्रधानमन्त्रीद्वारा गरिएको भाषणप्रति आपत्ति जनाएका छन् । एक विज्ञप्ती निकालेर उनले यही २०१९ सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसङ्घको महासभामा भारतका प्रधानमन्त्रीले दिएको भाषणमा “भारतले विश्वलाई बुद्ध दिएको छ” भन्ने वाक्यांश ठिक छैन् भन्दै आक्रोश पोखे ।
विज्ञप्तिमा भनिएको छ-नेपालको लुम्बिनीमा जन्मिएका गौतमबुद्ध भारतीय नभएर नेपाली नै रहि आएको कुरा अवगत हुँदाहुँदै उनलाई भारतीय बनाउन खोज्नु नितान्त गलत भएको बेहोरा स्पष्ट गर्न चाहन्छौं । ”साथै यस्ता अभिव्यक्ति नदिन पनि भारतका प्रधानमन्त्रीसमक्ष वैद्यले आग्रह गरेको खबर विभिन्न अनलाइन मिडियामा प्रकाशित भएका छन्।

newskiran.com

newskiran.com

You May Also Like