छ महिना ढुंगेधारामा रमाउँछ पाटन

वर्षमा छ महिना धारामा पानी आउने गर्छ पाटनमा,स्थानीयहरु त्यही ढुंगेधारामा छ महिना रमाउने गर्छन्।अझ दशैं नजिकिंदै गर्दा
भ्याली बाहिरका मान्छेहरु भ्याली छोड्नु अघि नुहाउने र लुगाधुने गर्छन्।यो तस्बीर पाटनको बंगलामुखी मन्दिरसँगै जोडिएको ढुंगे धाराको हो।मठमन्दिर धारा पाटीपौवा सबैको साझा हुनाले दशैंअघि सरसफाइ सकेर आ-आफ्नो गाउँघर फर्कने गर्दछन्।

स्थानीय एक नेवार भन्छन्-लुगाधुँदा मन्दिरको टाउकामा खुट्टालाउनु,लुगा सुकाउनु वा फोहोर गर्नु राम्रो होइन्।यसले सम्पदा नोक्सान हुन्छ।त्यही भएर हामीले गाली गर्नुपर्छ।

पाटनमा हिउँदभर सुक्ने धाराहरु बर्खामास पानी झर्ने गर्छन्।
करीब दुईसय धाराहरुमा छ महिना पानी झर्ने अनुमान स्थानीयको छ।सरकारले छिट्टै मेलम्ची आउने भनेपनि अझै ढुंगेधाराको छ महिना पानी भोगचलन गरेर आनन्द लुट्छन् ललितपुरबासीहरु बंगलामुखीकी राममायाले भनिन्।

newskiran.com

newskiran.com

You May Also Like