एसईईको नतिजा प्रकाशित हुने मिति तोकिदै

२० असार २०८० काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) – २०७९ को नतिजा केही दिनभित्र प्रकाशित गर्ने भएको छ

गएको चैतमा भएको एसईई परीक्षाको नतिजा सकभर केही दिनभित्र प्रकाशित गर्ने भएको हो । परीक्षाको नतिजाको लागि पहिले मिटिङ बस्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अनुसार उत्तरपुस्तिका परीक्षण गरेर तथ्याङ्क प्रविष्ट गर्ने कामसमेत सकिएको र रुजुमा ढिलाइ भैरहेको छ ।

नतिजा सार्वजनिक गर्ने अन्तिम निर्णयका लागि बुधबार बोर्डको बैठक बोलाइएको छ सायद बैठक बसेमा नतिजा कहिले गर्ने र कसरी गर्ने मिति बैठकमा नै निर्धारण हुनेछ।

सकेसम्म बिहिबार र प्राविधिक कारण तयारी नसके पर्सि शुक्रवारसम्म नतिजा सार्वजनिक गर्ने बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए ।

चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको यसवर्षको एसईईमा देशभरबाट झण्डै ४ लाख ८५ हजार विद्यार्थी सहभागी छन् ।

बोर्डले नतिजा लेटर ग्रेडिङ निर्देशिका–२०७२ अनुसार नै सार्वजनिक गर्ने निर्णय गरिसकेको छ ।
केही दिन अघि बसेको बसेको बोर्डको बैठकले यसअघिकै व्यवस्थाअनुसार नतिजा १८ गते वा २१ गते सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

बोर्डका अध्यक्ष डा. शर्माका अनुसार यसवर्ष पुरानै पाठ्यक्रअनुसार परीक्षा सञ्चालन भएकोले नतिजा पनि पुरानै व्यवस्थाअनुसार सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए ।

परीक्षाफल विभिन्न वेबसाइट, एसएमएस र आईभीआरबाट प्रकाशन हुनेछ ।

बोर्डका अनुसार नतिजा सार्वजनिक भएपछि नेपाल टेलिकमको एसएमएस र आईभीआर १६००, बोर्डको वेबसाइट डब्लूडब्लूलब्लू डट एसईई डट जिओभी डट एनपी, डब्लूडब्लूलब्लू डट एनईबी डट जिओभी डट एनपी, नेपाल टेलिकमको डब्लूडब्लूडब्लू डट एसईई डट एनटीसी डट एनईटी डट एनपीलगायतबाट हेर्न सकिनेछ ।