नमुनाले पायो पुरस्कार र सम्मान

पदमबहादुर प्रतिभा कोषबाट एस.ई.ई.२०७५ मा उच्चतम GPA 3.95 प्राप्त गर्न सफल नमूना मावि लुभुकी छात्रा दिपशिखा न्यौपानेलाई नगद ,प्रमाणपत्र र सो विद्यालयका प्रधानध्यापक कैलाशकुमार मल्ललाई उच्चतम GPA ल्याउने विद्यालयका रुपमा प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव एवं प्रमुख अतिथि जगतप्रसाद उपाध्याय र विशेष अतिथि वरिष्ठ साहित्यकार भैरव रिसालले प्रमाण पत्र तथा खादा ओढाएर सोमबार भब्य रुपमा सम्मान गर्नु भएको छ ।

प्रमुख अतिथि एवं प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव उपाध्ययले एस.ई.ई.२०७५ मा छात्रतर्फ उच्चतम GPA 3.90 ल्याउने भ्यालिपब्लिक लामाटारका छात्र विद्यार्थी थापा र प्रध्यानध्यापक ताराप्रसाद खनाललाई पनि सम्मान पत्र प्रदान गर्नु भयो । कोषको औंचित्यबारे पदमबहादुर प्रतिभा सम्मान कोषका सदस्य सचिव ईन्जिनियर रामबहादुर श्रेष्ठले प्रकाश पार्नु भएको थियो ।

उक्त कार्यक्रमको संचालन नमूना माविकी संचालक एवं संस्थापक रिता श्रेष्ठले संचालन गरेकी थिइन् ।यो खबर tamangpage.com मा प्रकाशित छ।

newskiran.com

newskiran.com

You May Also Like