आदिबासी जनजाति महासंघले राख्यो संविधान संशोधनको माग

नेकपा क्रान्तिकारी माओवादी आवद्ध अखिल नेपाल आदिबासी जनजाति महासंघले वर्तमान संविधानमा आदिबासी जनजातिहरुको हक अधिकार नसमेटिएको भन्दै संशोधनको माग गरेका छन्।सरकारले संविधान दिवस् मनाइरहँदा उनीहरुले भने आदिबासी जनजातिको अधिकार गुम्न नदिन संबिधानको सांकेतिक बिरोध गरे।

शुक्रबार विभिन्न जनजातिहरुले आफ्नो समूहको ब्यानर जुलुससहित जुद्धसालिकबाट प्रदर्शन सुरुगरी विशालबजार,असनचोक हुँदै हनुमानढोका दरबारमा पुगेपछि जुलुसलाई कोणसभामा परिणत गरेका थिए।

कोणसभालाई महासंघका अध्यक्ष ओम गुरुड·, नगेन्द्र राई ·लगायतले सम्बोधन गरे।उनीहरुले अशोज तिन कालो दिन,जनजातिहरुको अधिकार सुनिश्चित गर,राजबन्दी रिहाइ गर,अपूर्ण संबिधान मान्दैनौंका नाराहरु कोण सभामा लगाएका थिए।

जुलुसमा जनजाति महासंघ,नेपाल जनजाति महासंघ, मधेश सम्भद्य विभिन्न संस्थाहरु, दलित, थारु मुस्लिम, महिला, अपाङ्गता भएका व्यक्तिह्रुको समुदाय लगायतका संघसंस्थाहरु सहभागी थिए।

newskiran.com

newskiran.com

You May Also Like