ललितपुर प्रहरी प्रमुखको जिम्मेवारी पाएका टेक प्रसाद राईले ललितपुर प्रहरीले कहिल्यै घुस नखाने बताएका छन्।एक हप्ता अघि सरुवा भएर ललितपुर आएका एसएसपी राईले आफ्नो कार्यालयमा विहिबार पत्रकार सम्मेलन गरी प्रहरीको योजना घुस नखाने हो भनी पत्रकारलाई सुनाएका छन् ।
पत्रकार भेघाट कार्यक्रममा ललितपुरको दक्षिण भेगमा भइरहेको ढुंगाखानीबाट प्रहरीले मोटो रकम लिएर खानी सञ्चालन गर्न दिएको आरोप लाग्ने गरेको प्रसंग पत्रकारहरुले सोधेका थिए ।
जवाफमा राईले भने, ‘अहिलेसम्म प्रहरीले कसैबाट एक रुपैयाँ लिएको छैन् र लिने पनि लिंदैन् ।’
२०५१ सालमा प्रहरी सेवामा प्रवेश पाएका र ललितपुरमा कानुन विपरीत क्रसर तथा ढुंगाखानी सञ्चालन भइरहेको पाइए कसैलाई नछाडिने कार्वाही गरिने उनले स्पष्ट पारे।
प्रमुख राईले प्रहरीमा उजुरी दिने उजुरीकर्ताले उजुरी लेखेबापत लेखापढी गर्न बसेका व्यक्तिहरुलाई पैसा दिंदै आएका छन् अब ती व्यक्तिहरुलाई लखेटिन्छ।
उनले थपे-उजुरीका लागि विभिन्न प्रकारका नमुना फारम प्रहरीले नै कम्युटरमा टाइप गरी प्रिन्ट गर्छ र उजुरीकर्तालाई फोटो कपी मात्र दिने व्यवस्था हुन्छ ।
साथै प्रहरी भित्र चलेका आन्तरिक शुद्धिकरणमा प्रसंग आफू सधैं क्रियाशील र कटिबद्ध रहेको पनि स्पष्ट पारे ।