जिएमआरसँग गरिएको माथिल्लो कर्णालीको राष्टघाती संझौता खारेज गर । स्वदेशी लगानीमा माथिल्लो कर्णा जलविद्धुत परियोजना निर्माण गर ।” भन्ने मूल नाराका साथ देशमा विद्यमान पाँच राजनैतिक दलहरुले विरोध गरेका छन्।बिरो गर्ने दलहरुमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, राष्ट्रिय जनमोर्चा ,नेकपा (माके),जनसमाजवादी पार्टी नेपाल र पाँचवटा अन्य संगठनहरु –माथिल्लो कर्णाली बचाउ राष्टिय अभियान ,पुष्पलाल अध्ययन समाज , राष्ट्रिय जागरण परिषद नेपाल , राष्टिय पुर्नजागरण नेपाल र राष्ट्रिय सरोकार नेपालको आयोजनामा माइतिघर मण्डलादेखि नयाँ वानेश्वर चोकसम्म वृहत विरोध र्याली र विरोध सभाको आयोजना गरे । विभिन्न व्यानर, झण्डा, प्लेकार्डहरु वोकेका प्रदर्शनकारीहरुलाई संसद भवन जानबाट प्रहरीले रोकेपछि सोही स्थानमा विरोध सभाको आयोजना गरेका थिए ।
newskiran.com
newskiran.com