झाक्रीले पेट चिरेपछि बिरामीको मृत्यु

धामीले कमलपित्तको विकार निकाल्ने बहाना गरेर पेट चिरेका ३९ वर्षीय बिरामी राजु मगरको सोमबार मृत्यु भयो । पेट चिरेर निको नभएका राजु अशक्त भएपछि भदौ २५ मा उनलाई जिल्ला अस्पताल धादिङमा भर्ना गरिएको थियो ।

करीब दुई महिनाअघि जन्डिसले थलिएका राजुलाई महायान लामा झाँक्री बताउने गजबहादुर लामाले पेटको जन्डिस चुसेरै निकालिदिन्छु भनी घरमा बोलाएर ब्लेडले पेट चिरेका थिए । पेट चिरेर विकार निकालेबापत् ८ हजार रुपैयाँ पनि लिएको पाइयो ।

झाँक्रीले पेटमा प्वाल पारेपछि स्थिति झनै जटिल बन्दै गयो र उनलाई उपचारका लागि काठमाडौँ ल्याइयो । तर, काठमाडौँ नयाँबजारस्थित पिपुल मेडिकल कलेजले अरुले बनाइदिएको घाउ आफूले नहेर्ने भन्दै पेटमा जमेको पानी निकालीदिएर फिर्ता गर्यो ।
लामाविरुद्ध परिवारजनले जिल्ला प्रहरीमा उजुरी दर्ता गराएका खबर आजको कान्तिपुर दैनिकमा छ।

newskiran.com

newskiran.com

You May Also Like