टेलिकमको बढे ग्राहक:झन्डै पुगे तिन …

नेपाल टेलिकमको ग्राहक दुई करोड पचास लाख पुगेको छ।
आर्थिक वर्ष २०७५–७६ भर करिव २७ लाख दूरसञ्चार प्रयोगकर्ता थप भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कमा ०७५ साउनमा तीन करोड ८६ लाख ९९ हजार दूरसञ्चार प्रयोगकर्ता रहेकामा ०७६ असारसम्म संख्या बढेर ४ करोड १३ लाख ९३ हजार पुगेको हो ।

यस गरी नेपाल टेलिकमको सेवा प्रयोग गर्नेको संख्या सबैभन्दा धेरै बढेको अनुमान छ । तथ्याङ्कअनुसार टेलिकमको मात्रै २४ लाख ४५ हजार प्रयोगकर्ता बढेका हुन् । गत आ.व. को प्रारम्भमा २ करोड २ लाख ५० हजार ग्राहक रहेकामा असारसम्म २ करोड २६ लाख ९६ हजार पुगेको हो ।फिक्स्डतर्फ पनि सेवा उपलब्ध गराइरहेको टेलिकमले पछिल्लो समय आफ्नो सेवा बिस्तारलाई प्राथमिकतामा राखेको बुझिएको छ ।

मोबाइल सेवा मात्र उपलब्ध गराइरहेको निजी क्षेत्रको सबैभन्दा ठूलो सेवा प्रदायक एनसेलका प्रयोगकर्ता भने १ वर्षमा केवल ६८ हजार ६ सय मात्र थप भएका हुन् । एनसेलका प्रयोगकर्ता १ करोड ६६ लाख ३७ हजार पुगेका छ। गतवर्ष साउनमा १ करोड ६५ लाख ६८ हजार मात्र ग्राहक थिए ।

दूरसञ्चार बजारको पछिल्लो प्रतिस्पर्धी स्मार्ट टेलिकम एक वर्षको अन्तरमा १ लाख ८० हजार प्रयोगकर्ता थप गर्न सफल भएको बुझिन्छ । स्मार्टका हाल २० लाख ६० हजार प्रयोगकर्ता रहेका छन् । यी तीन बाहेक यूटीएल, नेपाल स्याटेलाइट टेलिकम र सीजी टेलिकमले पनि दूरसञ्चारको अनुमति लिए पनि यी कम्पनीका सक्रिय प्रयोगकर्ता पाइदैनन् । पहुँचका हिसाबले अहिले जनसंख्याभन्दा ४० प्रतिशतभन्दा बढीमा दूरसञ्चार सेवा पुगेको तथ्याङ्कमा देखिएको छैन्।यो खबर आइतबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

newskiran.com

newskiran.com

You May Also Like